अहिल्यै खेल्नुस्

म्यारिज गेम अनलाइन

म्यारिज नेपालीको 21 पत्तीको रमी हो: तीन गड्डी तास, लुकेका जोकर र हातको मालको पोइन्ट। यहाँ निःशुल्क खेल्नुस्, अनि गेमका नियम र तरिका पनि यहीँबाट पढ्नुस्।

म्यारिज खेल्नुस्कम्प्युटरसँग खेल्नुस्

म्यारिज कस्तो गेम हो

म्यारिज रमी परिवारको गेम हो। हातमा पत्ती हुन्छन्, हरेक पालोमा एउटा तान्ने र एउटा फाल्ने। यसरी सिक्वेन्स र सेट मिलाउँदै जाने, र जसका सबै पत्ती पहिले मिल्छन् उसैको गेम।

तर म्यारिजका आफ्नै तीन कुरा छन्। तीन गड्डी तास एकैसाथ खेलिन्छ, त्यसैले हरेक पत्ती तीनवटा हुन्छ र सबैको हातमा 21 पत्ती। जोकर लुकेको हुन्छ: कसैले तीन प्योर सिक्वेन्स देखाएर गड्डी काटेपछि मात्र टिप्लु निस्किन्छ। अनि टिप्लु र त्यसका साथी पत्ती माल हुन्, जसले गेम सकिँदा पोइन्ट दिन्छन्।

गेमको नाम सबैभन्दा राम्रो मालबाट आएको हो: टिप्लु, त्यसको एक माथिको पप्लु र एक तलको झिप्लु सँगै परे म्यारिज।

पोइन्ट दिने पत्ती

77झिप्लु 288टिप्लु 399पप्लु 288अल्टर 588जोकर 0
पानको 8 टिप्लु निस्कँदा। एक-एक वटा हुँदाको मालको पोइन्ट।
  • टिप्लु, पप्लु र झिप्लु सँगै भए म्यारिज: 10 पोइन्ट।
  • बाँड्दै परेको टनेलाले 5 पोइन्ट थप्छ।
  • गेम गर्नेलाई माल हेरेकाले 3 र नहेरेकाले 10 पोइन्ट तिर्छन्।

पूरा हिसाब र उदाहरण पोइन्ट र मालको हिसाबमा छ।

खेल्ने तीन तरिका

  • झटपट खेल: अहिले अनलाइन भएका खेलाडीसँग तुरुन्तै टेबलमा बस्नुस्। टेबल भरिएपछि, वा कम्तीमा दुई जना भएर समय सकिएपछि, गेम सुरु हुन्छ।
  • साथीसँग: गृहपृष्ठबाट आफ्नै टेबल खोल्नुस् र कोड वा लिंक पठाउनुस्। 5 जनासम्म बस्न पाइन्छ, नियम टेबल खोल्नेले छान्छ।
  • कम्प्युटरसँग: सिक्दै हुनुहुन्छ भने हतार नगरी अभ्यास गर्नुस्।

तीनवटै निःशुल्क। एप डाउनलोड गर्नु पर्दैन, खाता चाहिँदैन, फोनमै चल्छ।

म्यारिजबारे सबै कुरा

तासका अरू गेमबारे जान्न तास गेम अनलाइन पेज हेर्नुस्।